Caminar by TEMPLATED

शाखा र तिनका कार्यहरू

कार्यालय प्रमुखको कार्यकक्ष (कोठा नं. १)
  लेखा तथा ट्रेक्टर शाखा (कोठा नं. ३) यस शाखाबाट कार्यालयको आर्थिक प्रशासन सम्बन्धी सम्पूर्ण कार्यहरू सम्पादन गरिनुका साथै ट्रेक्टर सम्बन्धी सेवा प्रवाह गरिन्छ।
  रुट शाखा (कोठा नं. ४) यस शाखाबाट सार्वजनिक सवारीहरूको पञ्जीकरण, बाटो इजाजतपत्र र पटके सेवासँग सम्बन्धित कार्यहरू सम्पादन गरिन्छ।
  प्रशासन तथा निजी सवारी शाखा (कोठा नं. ५) यस शाखाबाट कार्यालयको दैनिक प्रशासनिक कार्यहरूका साथै निजी सवारीसँग सम्बन्धित सबै प्रकारका सेवाहरू प्रवाह गरिन्छ। निजी सवारीहरूको सुरु दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, सरुवा सहमति लैजाने, ब्लुबुक नवीकरण लगायतका कार्यहरु सम्पादन गरिन्छन्। यसका अतिरिक्त सरकारी सवारीसँग सम्बन्धित सम्पूर्ण कार्यहरू समेत यसै शाखाबाट सम्पादन गरिन्छ।
  भाडा सवारी शाखा (कोठा नं. ६) यस शाखाबाट सार्वजनिक (भाडा) सवारीहरूसँग सम्बन्धित सुरु दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, सरुवा सहमति लैजाने, ब्लुबुक नवीकरण लगायतका कार्यहरू सम्पादन गरिन्छ।
  मोटरसाइकल शाखा (कोठा नं. ७) यस शाखाबाट मोटरसाइकल, स्कुटर लगायत दुई पाङ्ग्रे सवारीसँग सम्बन्धित सम्पूर्ण सेवाहरू प्रवाह गरिन्छ।
  प्राविधिक शाखा (कोठा नं. ८) यस शाखाबाट सवारी साधनको भौतिक परीक्षण, जाँचपास लगायतका प्राविधिक सेवाहरू प्रवाह गरिन्छ।